पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । वीर अस्पताल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसँगै वीर अस्पतालमै उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति यादव केही दिन अस्पतालमै रहने बताइएको छ ।