मैत्रीपूर्ण खेलमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोकबार) घरेलु टोली म्यान्मार प्रतिस्पर्धा गर्दैछ । सो खेल थुवुना रंगशाला, याङगुनमा हुँदैछ । खेल नेपाली समय अनुसार ४ः१५ बजेबाट सुरु हुनेछ ।

विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली फुटबल टोलीले गत शुक्रबार पनि म्यानमारसँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टिमलाई दबाबमा राखेको थियो ।

फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ । पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यान्मार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *