म्यानमारसँग नेपाल १-० गोलमा पराजित

काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले म्यानमारसँग सोमबार १-० गोलको हार व्यहोरेको छ ।

म्यानमारमा भएको खेलमा घरेलु टोलीले ८६औं मिनेटमा गोल गरेको थियो । काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो ।

नेपाली खेलाडी अगाडि बढेको मौकामा म्यानमारले काउन्टर मुभ बनाएको थियो । म्यानमार भ्रमणमा रहेको नेपालले पहिलो खेल गोलरहित बराबरी खेलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *