चिकित्सकहरूको आन्दोलन स्थगित
काठमाडौं । नेपाल चिकित्सक संघको आज सरकारसँग सहमति भएपछि चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको छ । हेटौँडास्थित सन्चो अस्पतालका दुई जना डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्कसहरू आन्दोलित भएका थिए । आज उनीहरूले देशभर सेवा ठप्प पारेका थिए ।
घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने र उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । तर, सुरक्षाको जिम्मा लिएको सरकारले संघसँग गरिएका सम्झौता अक्षरश पालना नगरेको अवस्थामा जुनसुकै समयमा फेरि कडा कार्यक्रमसहित आन्दोलनमा उत्रने संघको चेतावनी छ ।