सीजीको चाडपर्व योजना , घरेलु उपकरण खरिदमा विशेष छुट
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी ब्रान्डले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरूको खरिदमा ग्राहकहरूलाई आकर्षक उपहारहरू दिने बताएको छ । सीजीका स्मार्ट घरेलु उपकरण खरिद गर्दा ग्राहकले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा दुघजनाले दुबईको विशेष यात्रा जित्न सक्ने बताएको छ । यो पर्व सीजी ब्रान्डको कुकिङ सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरूमा लागु हुने छ । सीमित समयका लागि दिइएको योजना यही भदौ २५ गतेदेखि नेपालभर लागु गरिएको कम्पनीले जनाएको छ ।
यस योजनामा थप मेगा एक्सचेन्ज अफर, शुन्य प्रतिशत नो कस्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउइने लगायत अफर रहेका छन् । योजनामा उल्लेखित अफरहरू नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।