शेखर समूहको बैठक भोलि तय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए । सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् ।

विश्वजीलाई पनि बोलाएका छौँ, ती नेताले भने, उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटकपटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए । बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *