एनएमबि बैंकले ल्यायो बुद्ध भिजा डेबिट कार्ड
काठमाडौं । एनएमबि बैंकले एक कार्यक्रमको आयोजना गरी ‘एनएमबि बुद्ध भिजा डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । हवाई सेवा कम्पनी बुद्ध एयरसँगको सहकार्यमा बैंकले सो कार्ड सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल के .सी. र बुद्ध एयरका अध्यक्ष बिरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा उक्त कार्डको उद्घाटन गरेका हुन् । पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले कार्ड सञ्चालनमा ल्याएको सीईओ केसीले बताए । उनका अनुसार यदि प्लेन छुट्यो भने अथवा ढिला हुने भयो भने कार्डहोल्डरहरुले निःशुल्क टिकट रद्द गर्न सक्ने व्यवस्था रहेको छ । साथै, एनएमबि बुद्ध भिजा डेबिट कार्ड’ बाहक ग्राहकहरुले बुद्ध एयरमार्फत् यात्रा गर्दा थप ५ केजी थप सामान लिन पाउने छन् ।
कार्डहोल्डरहरुले केही आउटलेटहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था रुहेको सीईओ केसीले बताए । बैंकले लञ्च गरेको उक्त कार्ड जुनसुकै एटिएममा पनि निःशुल्क चलाउन पाउने छन् । एनएमबि बैंकको कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले पनि परिवर्तन गरी ‘एनएमबि बुद्ध भिजा डेबिट कार्ड’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बुद्ध एयरका अध्यक्ष बस्नेतले एनएमबी बैंकसँगको सहकार्य २६ वर्षअघिदेखी रहेको बताए । चाइनाबाट नेपालमा पैसा ट्रान्सफर गर्न वीच्याटको पनि सुविधा रहेको उनको भनाइ छ । एनएमबि बैंकसँगको सहकार्यले आन्तरिक पर्यटनमा वृद्धि हुने अपेक्षा रहेको उनले बताए ।