नेपालमा भा.रु.१ सयभन्दा ठूला दरका नोट कारोबार गर्न प्रतिबन्धित छ ः राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न आग्रह गरेको छ । नेपालमा भारतीय १ सय रुपैयाँभन्दा ठूला नोटको कारोबार गर्न प्रतिबन्ध रहेको बताउँदै राष्ट्र बैंकले स्वदेशभित्र नेपाली मुद्रामा मात्र कारोबार गर्न आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार नेपालमा भा.रु. १ सय दरभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ ।

‘भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भा.रु. (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन वा लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ । भारत भ्रमणका लागि नगद भा.रु.२५ हजारसम्म र औषधोपचारको लागि नगद भा.रु. ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले बताएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भा.रु.२५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेञ्जरबाट पनि लिनु पर्नेछ । कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टी।टी।, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *