सांग्रिला डेभलपमेन्टका ग्राहकलाई सेल्सबेरीमा आकर्षक छुट


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा आकर्षक छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्ले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा छुट दिने छ । ग्रोसरीमा, लिक्वयर, हाउसहोल्ड, गार्मन्ट लगायका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *