खल्ती लिंक गरि बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने


काठमाडौं । खल्ती’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अनतर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्। यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरि बिना कुनै सर्विस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्। साथै बैंक लिंक खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केहि विवरण भरि केहि समय मै बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन्।

यति मात्र नभएर खल्ती मा बैंक लिंक गरि प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्। यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ ,अहिले दशैं नजिकिंदै गरेको माहोलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रीयतलाई मध्यनजर गर्दै हामीले हाम्रा प्रयोगकर्ताहरूकालागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौं । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैंक खातामा पठाउने कुरामा हामी बिश्वस्त छौं।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *