बालुवाटारमा दल–सरकार संवाद जारी

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र दलहरूका प्रतिनिधिबीच बालुवाटारमा छलफल जारी छ । करिब तीन घण्टादेखि जारी बैठक अझै केही समय चल्नेछ । बैठकमा अहिले दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखिरहेका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, पहिलो चरणमा सबैले बोल्नेछन् । यो क्रम करिब अन्त्यतिर पुगेको बताइएको छ । सहभागीहरूले निर्वाचनमै केन्द्रित भएर धारणा राखिरहेका छन् । निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *