धार्मिक तथा सामाजिक सद्भावमा खलल् पुग्ने गतिविधि नगर्न कांग्रेसको अपिल


काठमाडौं । नेपाली कांग्रेसले बाँके घटनाले सामाजिक एकता र सद्भावनामा खलल् पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गरेका छन् । केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल् पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

धार्मिक तथा सामाजिक सद्भावमा खलल् पुग्ने किसिमका गतिविधि नगर्नरनगराउन आह्वान पनि गरिएको छ । असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरेको स्टाटसको विषयले हिन्दु मुस्लिम समुदायबीच तनाव सिर्जना हुने देखिएपछि कफ्यु लगाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *