पाकिस्तानबाट काठमाडौं फर्कियो दमाम उडेको नेपाल एअरलाइन्स


काठमाण्डौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको नेपाल वायुसेवा निगमको जहाज बीचबाटै बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो।

उक्त जहाजले बिहान ४ः५१ बजे पुनः त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। प्रवक्ता झाका अनुसार जहाजमा उडानको क्रममा अन्य जहाज नजिक आयो भने संकेत गर्ने उपकरण हुन्छ। सोही उपकरणलाई टिकास भनिन्छ। सोही उपकरणमा समस्या आएपछि नेपाल एयरलाइन्सको जहाज पुनःकाठमाडौं नै फर्किएको हो । जहाजमा ९५ यात्रु थिए। उनीहरूलाई अहिले होटलमा राखिएको प्रवक्ता झाले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *