गतसाल झै साईनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप वितरण

काठमाडौँ । पशुपति बिकास कोषका सदस्य सचिव राजु कुमार खत्रीको प्रमुख अतिथ्यतामा आज गौशाला स्थित श्री मङगलादेवी माध्यमिक बिधालयको हलमा भएको साईनिङ नेपाल फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा कामपा वडा नं ९ का तिन वटा सामुदायीक विद्यालयका एस.ई.ई परिक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण कार्यक्रम आज सम्पन्न भयो । उक्त कार्यक्रममा समाजसेवी शशि कान्त अग्रवाल सहित विभिन्न पार्टीका नेताहरुको उपस्तिथि थियो ।   कार्यक्रममा कामपा वडा ९ का सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु तथा विद्यार्थीहरुकोको उपस्थित रहेको थियो । फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्व उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

गौशाला स्थित श्री मङगलादेबि मा. बिधालयकी छात्रा करुणा खरेल,  तिलगंगा स्थित श्री शारदा मा. बिधालयकी छात्रा प्रमिशा न्यौपाने  र सिनामंगल स्थित श्री गुहेश्वरि मा.विद्यालयका छात्र अमन यादवले उच्च अंक हासिलको आधारमा सम्मान सहित तीनै जनालाई एक-एक वटा ल्यापटप प्रदान गरिएको थियो। उत्कृष्ट बिद्यार्थीहरुलाइ साइनिङ नेपाल फाउन्डेसनले ल्यापटप प्रदान गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *