एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित


काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावलाई प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउने छन् ।
बैंकमा भारतीय बैंक सहित ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड १४ लाख २२ हजार ८ सय ३६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५८ लाख ६ हजार १ सय ११ कित्ता सेयर स्वामित्व छ । प्रतिमा अध्यक्ष बिके श्रेष्ठकी छोरी हुन् । होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३ सय ३६ कित्ता र बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५ सय ११ कित्ता सेयर स्वामित्व रहेको छ ।

एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर स्वामित्व बढी छ । यस्तै, रविकृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५ सय ८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता र अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात् १० लाख ११ हजार ७२ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सर्वसाधारण सेयरधनीहरुको ४०.८३ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ८१ हजार ८ सय ३६ कित्ता सेयर स्वामित्व रहेको छ । जसअनुसार बैंकमा ८ जना संस्थापक सेयरधनीहरुको ५९.१७ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *