कोजाग्रत पूर्णिमामा चियापान गर्दै काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने भएको छ। दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा काँग्रेसले चियापान गर्न लागेको हो।

कात्तिक ११ गते शनिबार सानेपामा चियापान गर्ने कार्यक्रम भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। कात्तिक ११ गते दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान चल्नेछ ।

काँग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू लगायतलाई चियापानमा बोलाउने गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *