कोशीमा सहमतिको सरकार बन्छ : इन्द्र आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीमा अब सहमतिको सरकार बन्ने बताएका छन् ।

बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता आङ्बोले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन् । उनले भने, ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ ।’ मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले विश्वासको मत दिएको छ । राप्रपाले भने मत दिएन ।

मुख्यमन्त्री कार्की सबै दलको साझा बन्ने प्रयास हुने पनि बताउँदै उनले भने, ‘अब आपसी संवादपछि जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *