एनआरएनको फुटलाई गठबन्धनको बलियो साथ


काठमाण्डौं । गैरआवासीय नेपाली संघमा सरकार नेतृत्त्व गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादीको खुल्ला राजनीति देखिएको छ। निर्वाचनबाट निर्वाचित भएकालाई बाइपास गरेर चुनाव हारेका राजेन्द्रकुमार शर्मा (आरके) को नेतृत्व को टिमलाई स्वागत तथा सहकार्य गरेपछि एनआरएन मा गठबन्धनको खुला राजनीति देखिएको हो। निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका बद्रि केसी लगायतको कार्यसमितिलाई अस्विकार गरेको आरके शर्माको स्वघोषित कार्यसमितिलाई एनआरएनए को नयाँ कार्यसमितिको हैसियतमा भेट तथा छलफल गरेलगत्तै एनआरएनए मा कांग्रेस र माओवादीको खुल्ला राजनीति पुष्टि भएको हो। काठमाण्डौको सोल्टी होटलमा आयोजना गरिएको ११ औं महाधिवेशनमा चुनाव हारेका आरके शर्मा र महेश श्रेष्ठले चुनाव जितेका बद्रि केसीको टिमलाई अस्विकार गरेर स्वघोषित नयाँ कार्यसमिति चयन गरेको हो। पत्रकार सम्मेलन गरेर आफै आफै मिलेर बनाइएको आरके शर्माको नयाँ कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा प्रकाशशरण श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट तथा छलफल गरेको हो। स्वघोषित कार्यसमितिले प्रधानमन्त्री तथा मन्त्रीबाट मान्यता पाएसँगै एनआरएनए को फुटले गठबन्धनबाट साथ पाएको देखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले चुनाव हारेका आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए स्वघोषित अध्यक्ष शर्मा सहित पूर्व अध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ,गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी,उपमहासचिव प्रविन गुरुङ,सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली,कोषाध्यक्ष ठाकुर ढुंगाना,एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा,एनआरएन अभियन्ता डिबी क्षेत्री,नारायण आचार्य,युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए। एनआरएनए स्वघोषित अध्यक्ष शर्माको नेतृत्वको टोलीले अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । त्यस्तै शर्मा नेतृत्वको कार्यसमितिले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि अजै भेट गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *