ओमानद्वारा नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सफल भएको थियो । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २ २ विकेट लिएका थिए । गुल्शन झा र अविनाश बोहोराले भने आफ्नो नाममा एकरएक विकेट हात पारे ।
ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यान भने नेपालि बलरहरुसँग दोहोरो रन जोड्न सफल रहेनन् ।
अबको केहिबेरमा नेपालि ब्याट्सम्याहरु मैदानमा जवाफि फर्कदै छन् ।