हमासको कब्जाबाट बिपिनलाई छुटाउन कुटनीतिक पहल पुगेन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्यालेस्टाइनी अतिबादी समुह हमासको कब्जामा रहेका बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी नपुगेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नु पर्नेमा सरकारको ध्यानाकर्ष गराएका हुन् । ‘ईजरायली सरकारका अनुसार नेपाली बिद्यार्थी विपिन जोशी हमासको कब्जामा छन्, हमाससँग नेपालको दुस्मनी छैन, विपिन परिबन्दले कब्जामा परेका हुन्,’ थापाले भनेका छन, ‘नेपाल सरकारले मध्यपुर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत कुटनीतिक प्रयास गरे विपिन छुटाउन सकिन्छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु।’

उनले सरकारको क्षमतामाथी प्रश्न गर्दै अगाडी भनेका छन, ‘यस्तो बेला हो, कुटनीतिक कौशल देखाउने ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *