रुकुम पश्चिम भूकम्प अपडेट – एक सय ५७ जनाको मृत्यु, दुई सय ५६ जना घाईते

काठमाडौं । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो क्षेति पुगेको ।

भुकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने ११२ जना घाईते भएका छन् । यस्तै रुकुम पश्चिममा ५२ जनाकोृ मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन । उक्त विनाशकारी भूकम्पमा परी सल्यानमा २ जना, रोल्पा १ जना, दैलेख,३ जना,बैतडीमा ३ जना र जुम्लामा ३ जना घाईते भएका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी जम्मा अहिलेसम्मा १५७ जनाले ज्यान गुमाएका छन भने विभिन्न जिल्लामा भूकम्पमा परी घाईते हुनेको जम्मा संख्या २५६ जना पुगेको छ ।

यस्तै विनाशकारी भूकम्पमा परी जाजरकोटमा २६ सय ८५ घरमा आंशिक क्षेति पुगेको छ भने नौ सय पाँच घरमा पूर्ण क्षेति पुगेको छ । यस्तै सल्यानमा ९७ घरमामा आंशिक क्षेति पुगेको भने २५ घरमा पूर्ण क्षेति पुगेको छ । विनाशकारी भूकम्पबाट जम्मा १८ सय ३८ घरमा आंशिक क्षेति पुगेको छ भने नौ सय ३२ घरमा पूर्ण क्षेति पुगेको छ ।

यस्तै उक्त भूकम्पमा परी घाईते भएका , वेपत्ता, भएकाहरुको उद्धार र सुरक्षाका लागि तीन सुरक्षाका निकायलाई परिचालन गरिएको छ । जस अनुसार एपिअफबाट जाजरकोटमा दुई सय ६७ जना र पश्चिम रुकुममा दुई सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीबाट जाजरकोटमा पाँच सय ४३ जना र रुकुम पश्चिममा तीन सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै नेपाल आर्मीबाट जाजरकोटमा १२० जना र रुकुम पश्चिममा ८२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले घाईते भएकाहरुको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल उपचार भइरहेको छ । अहिले उक्त क्षेत्रमा भएको घटनाले देश नै स्तब्ध बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *