नेपालमा रहेको दूतावास ४९ वर्षपछि बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्ती प्रचण्डसँगलाई भेटेर उत्तर कोरियाली राजद्त जो योङ मेनले नेपालमा रहेको उत्तर कोरियाली राजदुतावास बन्द गर्न लागेको जानकारी दिएका हुन् । सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय उत्तर कोरियाले गरेको हो ।

नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडेर सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो । तर उत्तर कोरियाले नेपालमा दूतावास खोलेको ४९ वर्षपछि आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । यस अघि नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिइसको जनाएका छन् । दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *