नेपालि बजारमा बुधबार सुनको मुल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं । नेपालि बजारमा आज सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यता चाँदीको बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *