राष्ट्रपति पौडेलले एक महिनाको तलब भूकम्पपीडितलाई दिने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलव बराबरको रकम दिने भएका छन् ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

पौडेल मंगलबार मात्र जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुगी अनुगमन र निरीक्षण गरी फर्केका थिए । उनले अस्पताल पुगेर घाइतेसँग कुराकानी पनि गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *