मन्त्रिपरिषद बैठक – पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने
काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
हाल विभिन्न २५ देशमा नेपाली राजदूतावास छन् ।