सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा तीनवटा क्रिकेट रंगशाला अगाडि बढाउने

काठमाडौँ । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

साथै आज बसेको उक्त बैठकमा पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने देखि लिएर प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने बारेमा छलफल भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *