नेपाल युएईसँग ४-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ।

बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो । दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियो लिमाले एक-एक गोल गरेका थिए ।

नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार युएईका गोलरक्षकले मुस्किलले बचाएका थिए। यो बाहेक नेपालको खेल राम्रो बन्न सकेन नेपालका डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही खतरनाक आक्रमणलाई विफल पारेका थिए । तर पनि युएईको अग्रितालाई तोड्न भने सकेनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *