अस्ट्रेलियाले जित्यो टस , भारतबिरुद् फिल्डिङ गदै

काठमाडौं । विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् । उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने बताए । घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *