क्रिकेट विश्वकप – उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल हुनेछ।

जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता दिन चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।

५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो । २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो । यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ । भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहीन बनेका छन्।

एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *