इलाममा बस दुर्घटना


काठमाडौं । इलाममा रोङ गाउँपालिकाको लसुने र अर्यालचोकको बीच भागमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको छ । भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले जानकारी दिए ।

बसमा सवार ३७ जनामा सबै घाइते भएका छन् । बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । घाइतेमध्ये २६ जनाको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *