महिला टी-२० क्रिकेट : जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ ।

तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले जापानलाई ४५ रनको पराजित गर्दै तेस्रो बन्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोड्दै जापानलाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ११६ रनको लक्ष्य पछ्याउने क्रममा जापा २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।

सिरिजको उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्ने भएका छन् । प्रारम्भिक चरणमा नेपाल हङकङ र तान्जानियासँग पराजित भएको थियो भने जापानले तीनवटै खेल गुमाएको थियो ।

हङकङले तिनै खेलमा जित हात पार्दै फाइनल प्रवेश गरेको हो भने तान्जानिया भने नेपाल र जापानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *