समस्याको धन्दामा हाम्रा सामाजिक संस्कारहरु
(१) “….हे भगवान ! धन्य ! जाजरकोटमा मेरो जन्म भएन छ ! नत्र आज खुला आकाशमुनि रात बिताउनु पर्ने रहेछ ! किनकि कुनै पार्टीको पहुँचवाला वा नातेदार पनि नपरेको हुनाले !…”(–सुरेश सिवाकोटी,पूर्व अधिकृत,नेपाल बैंक लिमिटेड,लेखक,सचेत नेपाली नागरिक । आठराई तेह«थुम । कार्तिक २४ बि.सं.२०८० को निजकों सामाजिक सञ्जालको भित्ताबाट ) । कठै ! त्राशदी र प्रकोपको बेलापनि राजनीतिको ‘पहुँचवाला वा नातेदार’ मार्गी–पन्थी हुनुपर्ने धर्म नेपाली राजनीतिले चलाएको हो ? भन्ने जिज्ञाशाले गनगन गर्न मन जाग्यो । “यस्ता त्राशदीहरुलाई अहिले,के थाहा कति शताव्दीसम्म सहनु पर्ने हुन्छ,हिम्मत राख्नुस उनीहरु तपाईलाई बाँच्न दिनेछैनन्,हामी तपाईलाई मर्न दिनेछैनौँ ।”(–ओमप्रकाश बाल्मिकी । जूठन । भारत ।) जस्ता बिचारको भाव बुझेर “कहता है कि मौत आई तो मर जाऊँगा,मैँ तो दरिया हूँ समुन्दर मेँ उतर जाऊँगा”(–अहमद नदीम काशमी । पाकिस्तान ) वाचन गर्दै हिम्मत जुटाएर देश र जनताको पक्षमा केही गन्थन गर्नु नै श्रेयस्कर ठानेँ । यो काव्यपनि हो–कथा पनि । बिचार हैन गन्थन हो पनि भन्न सक्नु हुन्छ । चलखेल खेल्न नजान्नेले केही नलेख्नु नै राम्रो भन्ने ठानेर नलेख्ने गरेकोमा शुभचिन्तकज्यूहरुबाट प्राप्त शुभकामना सहर्ष स्वीकार गरेर बेकामेको इलम नै त हो भन्ने मनले सम्झेर हात खसखसायो ।
(२) (२क)“जव नैतिकता पतित भएकाहरुको रजगज देखेर पनि भगवानले केही गर्दा रहेनछन भनेर सोझा,निम्न बर्गको मनमा प्रश्नहरु उब्जन्छन तव उनीहरुलाई बैदिक सनातनी हुन अर्ति दिन सकिदैन । धर्म परिवर्तन गर्नु स्वभाविक हुन्छ”(जगदीशराज बराल,२०८० । हाम्रा आ–आफ्ना कर्मपथका यज्ञहरु–२ । सत्याग्रह साप्ताहिक–काठमाण्डौंन्यूजडटकम । कार्तिक २४,बि.सं.२०८०) । भारतका पवित्र नदीहरु मानिएका नदीमा हिन्दु देवी देवताका तस्वीरहरु बगाएर हजारौँले हिन्दु धर्म परिवर्तन गरेर बुद्ध धर्म अनुशरण गरेको समाचार पढेको पनि धेरै भएको छैन ।
संस्कृति धान्न सरकारले दिएको खर्चले सरकारका कर्मचारीलाई त बस भाडा त राम्ररी पुग्दैन , सर्वसाधारण जनताले कशरी हिन्दु संस्कृति रीतिरिवाज धान्दछन् ?
तीज,बडा दशैँ सहित आरोग्यको चाडपर्व मानिने ‘धनतेरस’ एवं प्रकाशको पर्व तिहार दिपावली र छठ लगायतका सवै पर्वहरु हिन्दुहरुले मनाए,अरु धर्मालम्बीहरुले पनि मनाउँदै आएका छन् । राक्षश तथा देवताहरुको समुन्द्र मन्थनको संयुक्त परियोजनामा प्राचिने चिकित्सक आर्युबेदाचार्य धन्वन्तरिले अमृतको घडा अर्थात ‘जिवनदायिनी औषधी’ले उपचार गरी चमत्कार गरेपछि देवताहरुले पनि धन्वन्तरिलाई विर्सने कुरै भएन ।
पौराणीक रुपमा हजारौँ बर्ष देखी धनतेरशको दिन साँझ परेपछि यमराजलाई दियोको बत्ती दान गरेपछि कुनै रोगब्याधीले नछुने र अकालमा मृत्यु नहुने विश्वास गर्दै स्वस्थ्य सुरक्षाको आश्था राख्दै आएकोमा मध्ययुग देखी यस दिन घरमा नयाँ भाँडा खरिद गरेमा धन–धान्यमा समेत बृद्धि हुने अरु विश्वास थपियो । विगतका शताब्दीदेखी यो धनतेरश पर्वमा अनेक विकृतिहरु थपिए । अहिले महङ्गा सवारी साधन–गरगहना–बिलाशिताका सोखिन सामानहरु देखाउने होडबाजी बीच यो पर्वको जुन रुप स्वरुप हामीले देख्यौँ त्यसबाट अव यो पर्वमा बजारको आक्रामक नीतिहरु र उपभोक्तावाद हावी भैसकेको महसुश गर्न थालेका छौँ । यस्ता महयस्ता महङ्गा सामान किनेर हाम्रो धन तर्सियो की बर्सियो ?
प्राचिन कालमा पर्याबरणको सन्तुलनको लागि,किरा फट्यागं्रा मुशा खाएर बालीनालीको संरक्षण गर्न,एग्रागता ल्याएर मिहनत गर्न राती जाग्ने चरा लक्ष्मीको बाहन बुद्धिमान लाटो कोशेरोको दर्शन गर्न पाइएमा साक्षात लक्ष्मी कै दर्शन हुने बिश्वासहरु थिए । बिगतमा शारीरिक क्षमतामा बृद्धि हुने भनेर लाखौँ करौँडौँमा लाटो कोशेरो–हुचिलको तस्कर हुने गरेको समाचार अखबारमा पढीएको थियो,समाजमा सुनिएको थियो । अहिले त अझ धनतेरश एवं लक्ष्मी पूजाको दिन त लाटो कोशेरोको दर्शन हैन बली दिन सके त चमत्कार भएर तान्त्रिक सिद्धी प्राप्त हुने–धन नै बर्षने–सुख समिृद्धि आउने जस्ता तान्त्रिक पाखण्डी विश्वासहरु थपिएर हजारौं लाटोकोशेरोको बली दिँदै यो दुर्लभ प्रजातिको पंक्षी निमिट्यान्न पार्ने खतरातर्फ पाखण्डी तान्त्रिक लागेका छन्(ध्रुव गुप्त–पूर्व आईपीएस । सामाजिक सञ्जालको भित्तामा साझा गरिएको बिचार । भारत । कार्तिक २४ तदानुशार नोभेम्बर १० ई.सं.२०२३) । फोहर व्यवस्थापनको नाममा जनताबाट उठाइएको शुल्कले राजनीति गर्न पल्केकाहरुलाई पर्या प्रकृति प्रति कुनै चासो छैन । प्रकृति स्वस्थ्य भएमा पर्याबरण स्वस्थ्य भएर जनता निरोगी हुन्छन् । दीर्घकालिन, हानिरहित निरोगिताको लागि यथासम्भव प्रकृतिमा आधारित चिकित्सा प्रणाली अवलम्बन गर्न,मानिशहरुले पहिलेको जस्तै गरी प्रकृतिलाई माया गरुन,प्रकृति मै फर्किउन भनेर धनतेरश धवन्तरुी जयन्ती मनाउनु पर्नेमा अनेक तामझाम गरेर धनबहाव गर्न लागेका छौँ । भारतका धार्मीक अभियन्ता युगश्रृषि श्रीराम शर्मा आचार्यले–“खर्चिलो बिवाहले हामीलाई दरिद्र र वईमान बनाउँछन्” भनेर महत्वपूर्ण उपदेश दिनु भएको थियो । अहिलेका विबाहमा जाँडको खोलो बग्न थालेको छ । राजनीतिमा जाँड–वाइन–वीयर–बईमानीले प्रवेश पाए पाएपछि सामाजिक संस्कारका व्यवहार अछुतो रहेन । अव त बिवाह मण्डपमा पूजापाठ भट्याउँदा भट्याउँदै पण्डितहरु नै ‘आइएम अ डिस्को डान्सर’ भन्दै कम्मर बटार्न बेर लाग्दैन ।
(२ ख) “अधिकाँश हामी नेपालीको धर्म वैदिक हो,सनातन हो,शास्वत हो । धर्म हाम्रो जीवनको साथी हो र पथ प्रदर्शक हो । प्रतिदिन,प्रतिपल व्यवहारमा आउने जीवन पद्धति हो । धर्म इश्वरको विधान हो,हाम्रो समाजको सुदृढ आधार हो । प्रकृति नै इश्वरहो,धरती हाम्री माता हुन ।”जस्ता बिचार सहित मैले विगतमा लक्ष्मी भनेकी प्रकृति हुन र प्रकृतिलाई सफा र सुरक्षित राख्दा लक्ष्मी खुशी हुन्छिन भनेर मिति बि.सं.२०७९ कार्तिक ०४ गतेको साँघु साप्ताहिकको विधुतीय संस्करण साँघु न्यूजमा विचार राख्दा केही समय पछि सामाजिक सञ्जालको लिङ्क नै बन्द गरिएको थियो ।
(२ग) “सारी पुरानै चोली पुरानै किन लाउनु प¥यो नी हौ सुनको चुरा नै ”भन्ने गण्डकी प्रदेशकी लिलु गुरुङ्गको हालैको तीज गीतलाई ‘छ््या पाखे गीत’भन्न थालिएमा अचम्म मान्नु पर्दैन ।
साधारण मूल्यका पहिरन लाएर तीज मनाउनेहरु प्रति ओँठ खुम्च्याउने प्रवृति बढेको छ । आज दशैँ तिहार पर्व मात्र हैन नेपाली तीजको ताममाझाम हेदा उदेक लाग्न थालेको छ । तीजका गीत सुन्दा वा नृत्य हेर्दा कान आँखा थुन्नु पर्ने अवस्था देखिएको छ । स्वतन्त्रताले अनुशासन तथा जिम्मेबारीको सिमा तय गर्छ,अराजकताले जेमन्त । अव तीजका नृत्यले हिन्दी चलचित्रका आईटम डान्स एवं तीज पर्वको दर खाने शैली तथा समय अवधिले दशैँलाई प्रतिस्थापन गर्ने चर्चा गर्न थालिएको छ । राजनीति,चाडपर्व सवै क्षेत्रलाई सभ्य तथा संस्कारयुक्त बनाउन महिला नै सुसंस्कारयुक्त हुनुपर्छ ।
“करोडौँ खर्च गरेर थोरस्टियन भेबलेनले आफ्नो पुस्तक ‘द थ्योरी अफ द लिजर क्लास’ मा गरिष्ठ उपभोग (कन्सपिक्युअस कनजम्सन) बारे बयान गरेका छन् । चाडपर्वको खास समयमा हुनेखाने वर्गले सामाजिक प्रदर्शनका लागि विशेष वस्तु र खाद्यान्न (पजिसनल गुड्स) उपभोगको उत्कर्ष देखाउँछन् । यो प्रवृति पछि पुँजीवादको संस्कृति भएको ई.सं.२००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला एलिनर ओस्ट्रमले यस विषयलाई सैद्धान्तिकरण गरिन । यही कुरा किन्सले आफ्नो एउटा लेख ‘इकोनोमिक पसिबिलिटिज फर आबर ग्राण्डचिल्ड्रेन’ मा सम्पत्तिले समाजमा वर्ग विभाजन गरेको लेखेका छन् । समाजमा अनुत्पादक उपभोग संस्कृतिको आलोचनामा केनेथ ग्यालब्रेथले ई.सं.१९५८ मा ‘दि अफ्लुयन्ट सोसाइटी’,डेभिड रिजम्यानले ई.सं.१९६४ मा‘अबुन्डेन्स फर ह्वाट ?’,इ.जे.मिसानले ई.सं.१९६७ मा ‘द कस्ट अफ इकोनोमिक ग्रोथ’,फ्रेड हर्सले ई.सं.१९७७ मा ‘सोसल लिमिट अफ ग्रोथ’राम्रा पुस्तकहरू पस्किएका छन् ।
चाडपर्वमा आफ्नो पहिचान प्रदर्शन गर्ने प्रवृति नेपालमा मात्र होइन यो वैश्विक अवधारणा हो । फ्रान्समा यही प्रवृतिको विरोधमा अति उपभोक्तावाद विरोधी समूह माउसको प्रादुर्भाव भएको इभान इलिचले उल्लेख गरेका छन् । समाजशास्त्री डेनिस इभर्सवर्गले मानिस धेरै खाए मर्छ र नखाए पनि मर्छ लेखे । ई.सं.१९६८ मा पेरिसका हरेक सडकमा एउटा नारा देखिन्थ्यो ः ‘यथार्तवादी बन,असम्भव कुराको माग नगर’चाडपर्वमा अति तडकभडकलाई सांस्कृतिक अवरोध (कल्चरल जामिङ्ग) भनियो ।
सामान्यतया बहुदल र विशेषगरी गणतन्त्र आएपछि सतहमा राजनीतिक आवरण देखिए पनि नेपालमा नवउदारवादको आगमनसँगै चाडपर्वहरूको समीक्षा पनि चर्चामा आउन थाले । एउटा वर्गको वर्चस्व रहेका चाडपर्व दसैं–तिहारको आलोचना सुरु भएपछि एकदिन मनाइने तीज झण्डै महिनादिन चल्ने चाडपर्व बन्दै गएको छ । सामान्यतया बहुदल र विशेषगरी गणतन्त्र आएपछि सतहमा राजनीतिक आवरण देखिए पनि नेपालमा नवउदारवादको आगमनसँगै चाडपर्वहरूको समीक्षा पनि चर्चामा आउन थाले । एउटा वर्गको वर्चस्व रहेका चाडपर्व दशैँ–तिहारको आलोचना सुरु भएपछि एकदिन मनाइने तीज झण्डै महिनादिन चल्ने चाडपर्व बन्दै गएको छ । टोल,गाउँले समूहमा सीमित रहेको यो चाडले अब सहरमा पार्टी प्यालेस र पाँचतारे होटेलसम्म प्रवेश पाएको छ, अर्थशास्त्रमा यसलाई प्रदर्शन प्रभाव (डेमोन्सट्रेसन इफेक्ट) भनिन्छ । महिलाहरूको एकाधिकार मानिएको तीजमा पुरुषहरूको सहभागिता पनि बढ्दै गएको छ र भविष्यमा तीजले प्रमुख राष्ट्रिय चाडपर्व मान्यताको माग पनि गर्न सक्ने छ ।
तीजमा बढ्दै गएको खर्च र तडकभडकलाई ई.सं.१९७४ मा अमेरिकी अर्थशास्त्री रिचार्ड इस्टरलिनको प्रश्न प्रासङ्गिक होलाः चाडपर्वमा खर्चको वृद्धिले मानव सन्तुष्टिमा वृद्धि गर्छ ?”(भरत पोखरेल–अर्थशास्त्री,पूर्व त्रिविवि प्राज्ञ । तीज अर्थशास्त्र । सामाजिक सञ्जालको भित्तामा साझा गरिएको बिचार । अशोज १८ बि.सं.२०८० ) ।
(२घ) छठ पर्वका हे ! सूर्य देव तिमीले हामीलाई जीवन दियौ–हरियाली दियौ–श्रष्टि नै दियौ,‘टिक टक’ बन्द गरेपनी यही श्रष्टिलाई–यही राज्यलाई यसको मूल्य मान्यतालाई मजबूत गर्न निर्माण गर्न हैन बरु उल्टै भीडतन्त्रको तालीमा प्रदूषित गर्न–यसको श्रोत साधनलाई दोहन गर्न चाहिँ आपशमा मिलीभगत–सहमति गर्न सक्ने ‘ट्रिक टक’ जारी रहेकोले अब फेरि नेतालाई सद्बुद्धि पनि देऊ
हे छठी माता ! भारतका प्रशिद्ध व्यङ्गकार हरिशङ्कर परशाईले–“कुनै लक्ष्य नभएका,बेइलमी,हताश मनस्थितिका,नकरात्मक सोचमात्र भराइएका,हुल्लडबाज युवाहरुको यो भीड खतरनाक हुन्छ । यस्ता भीड्को प्रयोग महत्कांक्षी खतरनाक बिचार भएका अरु व्यक्तिबाट हुन सक्छ । यस्ता भीडको प्रयोग नेपोलयन,हिटलर तथा मुशोलिनीले गरेका थिए”भनेर सचेत गराउँदै उहीले नै दिनु भएको सन्देश अनी –“कशैलाई मालिक बनाउनको लागि मरिदिन जन्मिएका हैनौँ हामी”भन्दै मंशिर ०५ गते बि.सं.२०८० मा आफ्नो सामाजिक सञ्जालको भित्तामा साहित्य लेखक अर्जुन पराजुलीले साझा गराउनु भएको कवितालाई बुझेर सही तथा गलतप्रति सजग रहन नेपाली युवाहरुलाई जागरुकता देऊ !
हे सूर्य देव ! मुशाहरूको पनि हजूरले नै श्रष्टि गर्नु भयो । मैले मुशाहरु पनि आपसमा जुधेको देखेको छु–कुन मुशालाई पुल्पुल्याउनु पर्ने हो–कूनलाई बढी चारा दिनु पर्ने हो–भन्ने निर्क्योलको लागि पनि मुशालाई पाल्ने मालिकले नै आफूले पालेका मुसालाई आपशमा लडा्ऊँछन–जुधाऊँछन् ।
(३) सवै धर्मका देवी देवताको जय ! जनताको होस् सधै बिजय । पवित्र राजनीति भित्र प्रवेश गराइएको अराजनीतिका खेलाडी अराजनीतिज्ञ नेताहरुको त ओठ–मुख सुकेको देखिए । धन–डन सबै त उहाँहरू कै हून फेरि कस्को भय ?
नव उदारबाद र उकुचपल्टीएको पूँजीबाद जहाँ प्रवेश गर्छ त्यहाँ धर्म–संस्कार–चाड–पर्व सवैतिर ‘जसरी हुन्छ पूँजी आर्जन गर’को सुत्र हावी हुन्छ । यसले हरेक देशको सभ्यता तथा मूल संस्कृतिमाथी मन्द विष घोलेर मूल संस्कृतिको बिऊ नष्ट पार्दे हाईव्रिड बिऊको प्रचलन गराउँछ । इश्वर एउटै हो मार्ग मात्र फरक भनेर झुट बोलीन्छ–जसरी राजनीतिको धर्म त देश र जनताको हितमा सेवा गर्नु हो भनेर ‘एउटै सेवाको लागि’स्वार्थ अनुरुपका अनेक राजनीतिक दल खोलिएजस्तै गरी ।
नेपालीले आफ्ना स्थापित चाड पर्व संस्कृतिलाई नेपाली शैलीमा मनाउने गरुन भन्ने हार्दिक शुभकामना ! “कुमति निवार सुमति के सङ्गी”(–हनुमान चालीसा,भारत )।
(छविचित्र सौजन्य ः (क) अनुमति प्राप्तगरी लेखकबाट सामाजिक सञ्जाल मार्फत सङ्कलन,मंसिर ०४ बि.सं.२०८०(ख) धवन्तरीको नेपाली टिकट–शुर्दशन वाटला,सटरस्टक(ग)नेपालीसाइट–मार्डन तीज ट्वरकिङ्ग डान्स इज अ साइन अफ लिवरेशन अफ नेपाली ओमैन ?मार्फत गुगल इन्टरनेट । २०–२१ नोभेम्बर ई.सं.२०२३ नेपाली समय साँझ ७.१४ एवं दिनको १.३२) ।