महालक्ष्मी विकासले काठमाडौंसहित १६ जिल्लाका ९१ ठाउँको घरजग्गा बेच्दै


काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बुधबार सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ९१ स्थानको गैर–बैकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका २६ जिल्लाको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले नवलपरासी, सर्लाही, मोरङ्ग, झापा, सुनसरी, तनहुँ, बर्दिया, कैलाली, बाँके, धादिङ्ग, चितवन, बाजुरा, रूकुम पश्चिम, डडेल्धुरा, काठमाण्डौंका विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *