दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्धामा सुनुवाईका लागि चुडालको इजलासमा

काठमाडौं । दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्धामा (आइतबार) आज सुनुवाईका लागि पेसी तोकिकएको छ ।

आफुलाई घरभित्रै नजरबन्द गरेको भन्दै शुक्रबार दायर गरेको उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो । मंसिर ७ गतेबाट सुरु भएको प्रसाई नेतृत्वको दोस्रो दिन शुक्रबारको आन्दोलनमा जान नदिई प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परेको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए । उक्त रिट को सुनुवाई हुन लागेको हो ।

अहिले भने प्रसाईं सार्वजनिकस्थलमा खुलेयाम भाषण गर्दै हिँडिरहेका छन् । उनी शनिबार पनि कार्यक्रममा सहभागी भएका थिए र आज पनि सांस्कृतिक कार्यक्रम गर्न भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *