दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन आज गौशाला केन्द्रित हुने

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन आज गौशाला केन्द्रित हुने भएको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानको पाँचौं दिन आज गौशाला केन्द्रित हुने भएको हो । प्रसाईं नेतृत्वको अभियानमा साधुसन्त तथा पण्डितहरूले पनि ऐकबद्धता जनाएका छन् । ११:४५ बजे गौशालामा हुने भेलामा संयोजक दुर्गा प्रसाईँ आउने कार्यक्रम रहेको नागरिक आन्दोलनका सह प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए ।

त्यस्तै उनले अब आन्दोलन राजधानीसँगै जिल्ला केन्द्रित हुने जानकारी दिए । प्रसाईं नेतृत्वकोृ आन्दोलन ७ गते बल्खुबाट सुरु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *