विराटनगरमा पुस ६ देखि १६ सम्म मोरङ व्यापार संघ एक्स्पो


विराटनगर। मोरङ व्यापार संघ एक्स्पो आगामी पुस ६ देखि १६ गतेसम्म विराटनगरमा हुने भएको छ। मोरङ व्यापार संघले पत्रकार सम्मेलन गरी एक्स्पोबारे जानकारी दिएको हो। संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा २५० वटा स्टल रहने जानकारी दिए। उनका अनुसार नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त कोशी प्रदेशका महत्त्व झल्किने कला, संस्कृति र कृषिजन्य उत्पादन पनि प्रदर्शनी गरिने छ। एक्स्पोमा कृषि तथा घरेलु साना उद्योगलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराइने संघले जनाएको छ।

मनोरञ्जनका लागि नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार, ६० फिट अग्लो टावर र किड्स जोन निर्माण गरिनेछ । अध्यक्ष रिजालले एक्स्पोले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराइ कोशी प्रदेशमा औद्योगिक–व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘स्वदेशी उद्योग–व्यवसायको प्रवर्धन, नेपाल व्यापार रणनीति (एनटीआईएस)अन्तर्गत पहिचान गरिएका कोशी र अन्य प्रदेशका वस्तु तथा पूर्वका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न एक्स्पोले सघाउ पुर्‍याउनेछ,’ उनले भने। एक्स्पो ४ लाखले अवलोकन गर्ने र १५ करोडभन्दा बढीको कारोबार हुने संघको अनुमान छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *