नेपाल सहित कुन कुन देश खेल्दैछन् आइसीसी टी- २० विश्वकप

काठमाडौँ । २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टी-२० विश्वकपमा भाग लिने सबै २० देशको टुंगो लागेको छ ।

यस विश्वकपमा २०२२ को टी- २० विश्वकपमा शिर्ष ८ स्थानमा रहेका देशले सिधै प्रवेश पाएका थिए । जसमा अस्ट्रेलिया, इङल्याण्ड, भारत, नेदरल्याण्डस, न्यूजील्याण्डस, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका रहेका छन् । त्यस्तै अफगानिस्तान र बंगलादेशले २०२२ को नोभेम्बर १४ सम्मको आइसीसी वरियताको आधारमा विश्वकपमा सिधै छनौट भएका छन् ।

त्यसैगरी अमेरिका क्वालिफायरबाट क्यानडा, एशिया क्वालिफायरबाट नेपाल र ओमान, इष्ट एसिया प्यासिफिक क्वाल्फायरबाट पिएनजी, युरोप क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड तथा अफ्रिका क्वालिफायरबाट नामिबिया र युगाण्डा विश्वकपमा छनौट भएका छन् ।

यस पटकको टी-२० विश्वकपको फर्म्याट भने यसअघि २०२१ र २०२२ को भन्दा फरक रहेको छ । यसअघि नकआउट चरण अघि पहिलो राउण्ड र सुपर १२ फर्म्याटमा खेलिएको थियो ।

तर यस विश्वकपमा भने २० देशलाई विभिन्न ४ समुहमा विभाजन गरिने छ र हरेक समुहका विजेता र उपविजेता सुपर ८ मा पुग्ने छन् । सुपर ८ मा पुगेका ८ देशलाई दुई समुहमा विभाजन गरिने छ र समुहमा रहेका हरेक देशले एक अर्कासँग एक एक खेल खेल्ने छन् । त्यसपछि दुवै समुहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *