युद्ध समयमा नै ११ नेपाली वैदेशिक रोजगारीमा इजरायल प्रस्थान
काठमाडौं । प्लेस्टाइनको आतङकवादी समुह हमास र इजरायलको युद्ध जारी भएको समयमा नै ११ नेपाली कामदार केयरगिभरको रुपमा वैदेशिक रोजगारीमा प्रस्थान गरेका छन् ।
नेपालीहरुलाई युद्ध जारी भएको बेला रोजगारीका लागि इजरायल जान मन नभएको तर गरिबीका कारण रोजगारीमा इजरायल जान बाध्य भएको वैदेशिक रोजगारमा इजरायल जाने नागरिकहरु बताउँछन् ।
इजरायल र गाजास्थित हमास समूहबिच युद्ध अहिले पनि जारी नै छ । गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए।
दुई देशबीच बढेको द्वोन्द्व सुरु भएपछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए। २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने तयारी रहेको सरकारको तयारी रहेको छ ।
सरकारले नेपाली नागरिकलाई युद्ध जारी भएको समयमा तत्काल नपठाउने निर्णय गरेपनि इजरायल जान लागेका नागरिकले वैदेशिक रोजगारीमा तत्काल इजरायल जानपाउनुपर्ने माग राख्दै सरकारलाई दबाब दिएपछि उनीहरुलाई सरकारले पठाएको हो ।
नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो।