एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ ।

बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको हो । सोमबारबाट सुरू भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ । यसअघि भदौ ५, ६, ७ मा ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो । त्यसपछि बसेको सचिवालय बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

हिजोबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस (२२ अप्रिल) र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार आज बस्ने बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।

त्यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाृृचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ । एकीकृत समाजवादीले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तय भएकाले पूर्वघोषित महाधिवेशनको मिति सार्न लागेको हो ।

राष्ट्रिय सभामा एमालेबाट निर्वाचित भएका ८ सांसदको पदावधि सकिँदैछ । योसहित रिक्त २० स्थानमा सत्ता गठबन्धन दलले भागबन्डा गर्न लागेका छन् । यसबारे पनि आजको बैठकमा छलफल हुने पाण्डेले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *