प्रहरीद्धारा नागढुंगाबाट दुई किलो सुन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका अनुसार शुक्रबार नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरीका अनुसार रसुवा नाकाबाट काठमाडौँ लुकाएर ल्याउने क्रममा उक्त सुन बरामद भएको हो । अवैध सुन कारोबार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उर्तिएका गारखा घर भएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो । उक्त बरामद गरिएको सुन छानबिनका लागि भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वको समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका छन् ।

पछिल्लो समय नेपालमा सुन तस्करी गर्नेको संख्या बढ्दै गएको छ । सरकारले अवैध रुपमा सुनओसार पसारलाई प्रतिबन्ध लगाएपनि अवैधानिक सुन नेपालका विभिन्न ठाउँबाट कारोबार गर्नेको संख्या बढ्दो छ । यसको नियन्त्रणका लागि नेपाल सरकारलाई चुनौतीको विषय बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *