ग्लोबल आइएमई बैंकको एकैसाथ ४ नयाँ शाखा


काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका १३, दहचोक, चितवनको भरतपुर महानगरपालिका ८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका ३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *