धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८: २३ बजे ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको जानकारी दिएको छ।
काठमाडौं उपत्यका वरपर केन्द्रबिन्दु बनाएर नियमित जस्तै भूकम्प भैरहेको छ । जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति हुनेगरी भूकम्प भएपछि भूकम्पको श्रृंखला जारी छ ।