यू-१९ एशिया कपमा नेपाललाई अफगानिस्तानले दियो २६२ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको हो । यस खेलमा शतक बनाएका जमशिद जद्रान रिटायर्ड हर्ट भएका थिए ।  अफगानिस्तानका लागि जमशिद  जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामी,गुलशन झा र सुबाश भण्डारीले २-२ विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *