रामधुनी – ७ का वडाध्यक्ष होटलमा महिलासंग अर्धनग्न पक्राउ

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम होटलमा महिलासंग अर्धनग्न अंगसहित फेला परेपछि प्रहरीले पक्राउ गरेको छ ।

चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र स्थानीय महिलासँग अर्धनग्न भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको सुचना थाहा पाएपछि श्रीमानले प्रहरी लिएर होटल गएका थिए । इप्रका धरानका अनुसार पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेका छन् ।

रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले गौतम पक्राउपरेपछि नगरपालिकामा जानकारी आएको बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *