साईनिङ नेपाल फाउण्डेसनद्वारा रोल्पाको विद्यालयमा सहयोग
काठमाडौँ । साईनिङ नेपाल फाउन्डेशन गौशालाद्वारा रोल्पा घोप्टेओढार स्थित गंगादेव गाउपालिका वडा नं -३ मा रहेको श्री सिद्धार्थ माध्यामिक विद्यालयमा हिजो मंशिर २६ गते आयोजित एक कार्यक्रम आयोजना गरि ‘जाडोको लागि न्यानो कपडा’ र विद्यार्थीहरुलाई ‘टुथपेष्ट ब्रस र कपि’ वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा श्री सिद्धार्थ माध्यामिक विद्यालयका विद्यार्थीहरु लगायत उक्त ठाँउका स्थानियलाई समेत न्यानो कपडा बितरण गरिएको थियो । रोल्पाको उक्त विद्यालयमा रहेका गरीव, जेहेन्दार तथा असहाय बालवालिकाहरुको लागि साइनिङ नेपाल फाउन्डेशन गौशाला- ९ काठमाडौँले सहयोग सहित उक्त सामान उपलव्ध गराएको हो । सो कार्यक्रममा साईनिङ नेपालका तर्फबाट फाउन्डेशनका पदाधिकारीहरु उपस्थित भई उक्त सामान हस्तान्तरण गरेका थिए । जाडोका लागि न्यानो कपडाका साथै सिद्धार्थ माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई टुथ ब्रस सहित टुथ पेष्ट, कापी, कलम लगायतका सामान बितरण गरिएको थियो ।
कार्यक्रम हिजो मंसिर २६ गते भएको थियो र उक्त कार्यक्रममा साइनिङ नेपालका तर्फबाट फाउन्डेशनका पदाधिकारीहरु उपस्थित भएका थिए भने विद्यालयका प्रधानध्यापक वीरबहादुर घर्ती साथै उक्त विद्यालयका शिक्षकहरु उपस्थित भएका थिए ।