संसदलाई प्रभावकारी र गरिमा बढाउन सचिवालयले भूमिका निर्वाह गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी र गरिमा बढाउन संसद सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

१७औँ संघीय संसद सेवा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले विगतको समीक्षासहित आगामी दिनमा संसदलाई प्रभावकारी र गरिमा बढाउन संसद सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

शक्ति पृथकीकरणका साथै विश्वव्यापी रुपमा संसदको भूमिकालाई प्रभावकारी बनाउने बिषयमा बिगतदेखि अहिलेसम्म आइपुग्दा बिडम्वनापूर्व व्याख्या र बिश्लेषण गर्नुपर्ने कुरालाई आफुले पनि गम्भीर रुपमा लिएको उनले बताए । उनले संघीय संसद सचिवालयलाई प्रभावकारी बनाउनका लागि आफूले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने धारणा राखे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संघीय संसदलाई प्रभावकारी बनाउनका लागि निजामती कर्मचारी ऐन, संघीय संसदको सेवा ऐनलाई मिलाएर अघि बढ्नुपर्ने बताए । व्यक्ति नभई संस्थालाई केन्द्रीत बनाएर काम गर्न उनले आग्रह गरे ।
उनले सरकारले संसदलाई विनियोजित गर्ने बजेटलाई बिभाग र शाखाको जस्तो बनाउन नहुने जिकिर गरे । संघीय संसदले प्रस्ताव गरेको बजेटलाई अर्थमन्त्रालयले पास गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, कानूनमन्त्री धनराज गुरुङले संघीय संसदका कर्मचारीको भूमिका अनुलनिय रहेको बताए । उनले संसद सचिवालयलाई प्रभावकारी बनाउन आफुले सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियोे । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *