कांग्रेसको महासमिति बैठक सर्यो , फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय
काठमाडौं । पुसमा हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन र जाडोयामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए ।
यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।