नेचुरल सहकारीको आयोजनामा ‘वी क्यान वर्कशप’


काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘वी क्यान वर्कशप’ सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले विकास गरेको स्तरिकरण कार्यक्रम ‘कोसिश’मा आवद्ध सहकारीको दोस्रो समूहको पहिलो ‘वी क्यान वर्कशप’ सम्पन्न गरेको हो । ‘वी क्यान वर्कशप’ अर्थात् “सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशालामा बागमती प्रोस्कूनले प्राविधिक सहयोग गरेको थियो । नेचुरल सहकारीका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रोस्कूनका सचिव गोविन्द प्रसाद काफ्ले, कोषाध्यक्ष केशव प्रसाद दंगाल, संचालक ठाकुर प्रसाद वास्कोटाको आतिथ्यतामा थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी सापकोटाले सहकारी संस्था संचालन गर्दा सुशासनमा चलाउनुपर्ने, त्यसको लागि मार्ग दर्शक कोशिस कार्यक्रम रहेको र प्रयोग यस्तै किसिमका कार्यशाला माध्यम बनेर आउने कुरा राखेका थिए । साथै नेचुरल साकोसको आफ्नै भवन हुनु सदस्यहरुको गर्वको विषय रहेको र राज्यको सहयोग विना सहकारी सदस्यले यस्ता किसिमका कार्य गर्दा राज्यले हौसला दिनुपर्ने विषय समेत उल्लेख गरे । बागमती प्रदेश सरकार र बागमती प्रोस्कूनको साझेदारीमा सञ्चालित कोशिश कार्यक्रमले आबद्ध साकोसहरुलाई निरन्तर शिक्षा र सहकार्यबाट उच्चस्तरको गुणस्तर कायम राख्न साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका कार्यक्रम अधिकृत नवराज घोरसाइनेले “सहकारीमा सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण” र सम्पत्ति शुद्धिकरण निवारण ऐनसँग आकर्षित हुने नीति, निर्देशिका सम्वन्धमा सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशनको आधारमा आफ्नो सस्थामा कार्यविधि बनाई कार्यन्वयन गर्नुपर्ने बताए । कार्यन्वयन अधिकारी तोकी सम्वन्धित निकायमा संस्थासँगको कारोवारको विवरण नेपाल रास्ट्र बैकको वित्तीय जानकारी इकाइमा गोएमएलमार्फत पेश गर्नुपर्ने, अर्धवार्षिक रुममा संचालक समितिमा छलफल र वार्षिक जोखिम मूल्याकन गरी नियमक निकायमा विवरण पेश गर्नुपर्ने विषयमा अनुशिक्षण गरेका थिए । कार्यक्रमको सञ्चालन नेचुरल सहकारीका प्रबन्धक घनश्याम नेपालले गरेका थिए भने नेचुरल साकोसका सचिव विकल्प पाठकले कोशिस कार्यक्रममा आवद्ध हुन पाउँदा सहकारीले मार्गदर्शक पाएको बताए । धेरै आरोह अवरोहका साथ यहाँसम्म संस्थालाई ल्याईएको अव भने जोखिमरहित र सुशासित संस्था बनाउन आफू र आफ्नो साकोस टिम लागिपर्ने बताए । कोशिश कार्यक्रममा आवद्ध काठमाडौका ९ वटा संस्थाका व्यवस्थापकहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित रही आफ्नो आफ्नो संस्थाको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा संघका कार्यक्रम अधिकृत नवराज घोरसाईने र विमला पुडासैनीले पृष्ठपोषण गरेका थिए । उक्त समूहको आगामी कार्यशाला भद्रवास साकोसको, आयोजनामा आगामी २०८० चैत्र १७ गतेका दिन आयोजना गर्ने निर्णय समेत भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *