लेखक तथा साहित्यकार बसन्त चौधरीसँग मनका कुरा राख्न पाइने
काठमाण्डौं । लेखक तथा साहित्यकार बसन्त चौधरीले युट्युब च्यानल मार्फत् ‘मनका कुरा विथ बसन्त चौधरी’ सञ्चालन गर्न लागेका छन् । सिजि इन्टरटेनमेन्टको आधिकारीक यूट्युब च्यानल मार्फत नियमित रुपमा प्रसारण हुने उक्त कार्यक्रम आगामी शुक्रबारदेखि साँझ ८ बजे प्रशारण हुने जनाइएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ ।
सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने जनाउँदै आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो । हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार आगामी शुक्रबार साँझ ८ बजेदेखि बसन्तले उक्त कार्यक्रम शुरु गर्न लागेका हुन् । सो कार्यक्रम उत्पादनका लागि सिजि इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको बताइएको छ । ‘मनका कुरा विथ बसन्त चौधरी’ पछि आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी छ ।