एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौं । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते दायर गरेकाे रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतले सो आदेश दिएका हुन् । सांसद सिंहले एनसेल सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका छन् ।
न्यायाधीश राउतले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई पुस १६ गते छलफलमा बोलाउने आदेश दिएका हुन् ।